Trending :
 

पाँच महिनामा भारतबाट मात्रै ३ लाख ६७ हजार नेपाली फर्किए

भाद्र १५,२०७७

-

भदौं १५,२०७७ काठमाडौं ।
पाँच महिनाको अवधिमा भारतबाट मात्र ३ लाख ६७ हजार ७ सय नेपाली स्वेदश फर्किएका छन् । कोरोना भाइरसको त्रास बढेसँगै पाँच महिनाको अवधिमा भारतबाट ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किएका हुन् ।
सरकारले सीमा नाकामा कडाइ गरे पनि लकडाउनको अवधिमा एकै दिन हजारौंको संख्यामा नेपालीहरु स्वदेश फर्किएका थिए ।
 
शुरुमा नेपाल फर्किनेलाई सीमा नाकामा नै क्वारेन्टाइनको व्यवस्था गरे पनि नागरिहरुले सेवासुविधा नभएको भन्दै भागेर आ-आफ्नो घर गएका थिए । पछिल्लो समयमा पनि भारतबाट नेपाल फर्किने नेपालीलाई सम्बन्धित स्थानीय तहले व्यवस्थापनको काम गर्दै आएको छ । 
 
भारतबाट स्वदेश फर्कने अधिकांश नेपालीमा पछिल्लो समयमा कोरोनाको संक्रमण देखिएको छ । सुरक्षा निकायले सीमानाकामा कडाइ गरे पनि दैनिकरुपमा तीन सयदेखि १ हजार ५ सयसम्म नेपालीहरु नेपाल फर्किरहेका छन् ।आजको नेपाल समाचारपत्रमा खबर छ।