Trending :
 

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औँ राष्ट्रिय दिवस

भाद्र २०,२०७७

-

भदौ २०, २०७७ काठमाडौं ।
शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औँ राष्ट्रिय दिवस मनाइँदैछ । कोरोना भाइरस (कोभिड-१९)को महामारीकै बीचमा पनि मानव बेचबिखन र ओसारपसार रोकिन नसकेका बेला दिवस मनाउन लागिएको छ ।
 
केही दिनअघि नेपाल-भारत सीमा क्षेत्रबाट २९ जना महिला तथा किशोरीको उद्धार गरियो । भारतबाट नेपालमा सामान लिएर आएका कन्टेनरले फर्कंदा दलालका सहायताले नेपालका महिला र बालबालिकालाई बेचबिखनका लागि त्यसतर्फ लगिएका घटना सार्वजनिक भइरहेका छन् ।
 
बन्दाबन्दीको समयमा एक पुरुष र दुई जना महिला बेचबिखनको आरोपमा पक्राउ परेका छन् । त्यस्तै यही बीचमा भारतको दिल्लीबाट छ र मनीपुरबाट २१ सहित २८ जना बेचबिखनमा परेका किशोरीसहितको उद्धार गरिएको नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रमुख डा. देवबहादुर बोहराले जानकारी दिए ।
 
मानव बेचबिखनको क्रमलाई कोरोना महामारी र बन्दाबन्दीले रोक्न नसकेको उहाँ स्वीकार्छन् । पछिल्लो समय कामका लागि विदेश लगिएका महिलासमेत बेचबिखनमा पर्ने क्रम बढेको छ । गोरखापत्रमा खबर छ।