Trending :
 

लद्दाख सीमा क्षेत्रमा तनाव बढेपछि नेपाली आकाशमा भारतीय गस्ती

भाद्र २१,२०७७

-

भदौं २१, २०७७ काठमाडौं ।
 
चीनसँग लद्दाख सीमा क्षेत्रमा तनाव बढेपछि भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा केही दिनयता सुरक्षा फौजको तैनाथी बढाएको छ । त्रिदेशीय सीमानजिकको यो नेपाली भूमिमा उसले वर्षौंदेखि सुरक्षा फौज तैनाथ गरेको छ । चीनसँग उसको पछिल्लो तनावपछि सुरक्षा फौजको संख्यामा उल्लेख्य वृद्धि गरेको हो ।
 
लद्दाखमा तनाव बढेसँगै भारतले ३/४ दिनयता कालापानी र लिपुलेक क्षेत्रमा अर्द्धसैनिक बल एसएसबी, भारत–तिब्बत बोर्डर पुलिससँगै सेनासमेत परिचालन गरेको हो । उत्तराखण्ड राज्यको पिथौरागढ–धार्चुला हुँदै सुरक्षा फौजका गाडीहरू ‘अग्रिम मोर्चा’ तर्फ गइरहेका छन् । यसका साथै भारतीय वायु सेनाका हेलिकप्टर र विमानले हवाई गस्ती तीव्र बनाएको स्थानीय बताउँछन् ।
 
केही दिनयता नियमित रूपमा दार्चुलाको व्यास क्षेत्रमा भारतीय वायु सेनाको जेट लडाकु विमानले दैनिक चाररपाँच पटक उडान भर्ने गरेका छन् । ‘करिब एक साता हुँदै छ, भारतीय जेट फाइटर र ठूला हेलिकप्टर देखिँदै छन्,’ व्यासका एक स्थानीयले भने, ‘चीनले सीमानजिक सैनिक गतिविधि बढाउन थालेको भन्दै भारतले यो क्षेत्रमा हवाई गस्ती बढाएको बुझिएको छ ।’ बस्तीमाथिको नेपाली आकाशमा पनि कहिलेकाहीं जेट विमान देखिन थालेका छन् । माथिल्लो कौवा क्षेत्रको आकाशमा सधैंजसो उडान भइरहेको उनले बताए ।
 
बिहीबार भने दार्चुला सदरमुकाम खलंगा आसपासबाटै भारतीय विमानले गस्ती गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार धूवाँको मुस्लो बनाएर दुई जेट विमान ‘माथिल्लो क्षेत्रतिर’ गएका थिए । ‘एउटा विमान दार्चुला सदरमुकामनजिक छापरीको डाँडामाथि भएर उडेको थियो,’ छापरीका स्थानीय हरकसिंह कार्कीले भने, ‘अर्को भने छापरीपारि ९भारत० को धार्चुलाकोटको डाँडा भएर उत्तरी सीमातिर उडेको थियो ।’ आजको कान्तिपुरमा खबर छ ।