Trending :
 

बाँकेमा बन्दाबन्दीमा १२ चेली ‘बेपत्ता’

भाद्र २१,२०७७

-

भदौं २१, २०७७ काठमाडौं ।
 
बन्दाबन्दीको समयमा पनि बाँकेबाट १२ जना चेली हराएका छन् । राम्रो काम र दामको प्रलोभनमा पारेर दलालले १२ जना चेलीलाई बेपत्ता बनाएका छन् ।
 
मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १४औं राष्ट्रिय दिवसको अवसरमा माइती नेपाल, नेपालगन्जले सार्वजनिक गरेको तथ्यांकमा १२ जना चेली बेपत्ता भएका छन् । बन्दाबन्दीको समयमा १७ जना चेलीको खोजतलासको निवेदन परेकोमा ५ जना भेटिएको माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो ।
 
‘राम्रो काम लगाइदिने प्रलोभन देखाएर दुई किशोरीलाई काठमाडौं पुर्‍याइएको थियो’, कोइरालाले भन्नुभयो–‘उनीहरुको उद्धार गरेर परिवारको जिम्मा लगाएका छौं ।’
 
चैत ११ गतेदेखि देश लकडाउन थियो । यातायात चलेका थिएनन् । एक जिल्लाबाट अर्को जिल्लामा जान कठिनाइ थियो । यो बेलामा पनि मानव बेचबिखन तथा ओसारपसारका घटना भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।