Trending :
 

रथ तान्ने क्रममा पक्राउ परेकाहरुलाई सार्वजनिक मुद्दाअन्तर्गत सात दिनको म्याद थप गरी अनुसन्धान सुरु

भाद्र २२,२०७७

-

भदौं २२, २०७७ काठमाडौं ।
(रातो मच्छिन्द्रनाथ) र रथयात्रा आइतबार औपचारिकतामा समापन गरिरहँदा पक्राउ परेकाहरुको रिहाइका लागि विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।
 
गत भदौ १८ गते बिहीबार स्थानीयले आफूखुसी तानेर पु¥याइएको स्थानदेखि २० मिटर तानेर आइतबार पुल्चोकको मण्डः पाटीमा पु¥याइएको छ । रथयात्रा भइरहँदा नागबहाल, चल्खु, जावलाखेलमा पक्राउ परेकाहरुलाई रिहाइ गर्न मानिसहरु दबाब दिन भेला भएका थिए । रथयात्रासँगैै देशको सबैभन्दा लामो रथयात्रा यो वर्ष औपचारिकता निर्वाह गरेर सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण वैशाखमा नै हुनुपर्ने रथयात्रा रोकिएको थियो।
 
बिहीबार पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथको रथ तानेर करिब डेढ सय मिटर टाढा पु¥याउँदा रथ तान्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यसयता रथ सडकको बीचबाटैमा थियो । त्यसपछि सरोकारवाला निकाय र गुठी खलहरुको संयुक्त बैठकले रातो मच्छिन्द्रनाथको रथयात्रालाई औपचारिकता मात्र दिने निर्णय गरिएको थियो।
 
रथयात्राका क्रममा निश्चित गरिएका व्यक्तिबाहेक अन्यलाई प्रवेश दिइएको थिएन । भाद्र २६ गते रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती फिर्ता लाने साइत निस्कने बताइएको छ । पुल्चोक घटनामा संलग्नलाई प्रहरीले सार्वजनिक मुद्दा लगाउने तयारी गर्दै छ । प्रहरीले रातो मच्छिन्द्रनाथ रथ तान्नेक्रममा भएको झडपको सिलसिलामा १६ जना पक्राउ परेका छन् ।
 
प्रहरीका अनुसार सार्वजनिक मुद्दाअन्तर्गत सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
 
यसैबीच आइबार पूर्वप्रतिबद्धताअनुसार प्रहरी प्रशासनले हिरासतमा राखिएकालाई रिहाइ नगरिए आज सोमबार जिल्ला प्रशासन कार्यालय घेराउन गर्ने कार्यक्रम तय गरेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।