Trending :
 

पर्वतको पहिरोमा तीन जनाको जीबितै उद्दार, एक जनाको मृत्यु

भाद्र २९,२०७७

-

भदौं २९, २०७७ काठमाडौं ।
 
पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । स्थानीय नबिन विकको घर पहिरोले पुरिँदा उहाँकी दुई बर्षिय छोरी निकिता विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले बगाई बेपत्ता भएकी बिकको शब घर भन्दा एक मिटर तल भेटिएको छ ।
 
पहिरोमा ४ जना परेकोमा गाउँलेले घाईते अवस्थामा तीनजनाको उद्धार गरेका छन् । पहिरोले बगाएर बाँसको झाँगमा पुराएको अवस्थामा तीनजनाको उद्धार गरेका हुन् । पहिरोले गोठ समेत पुरेको र क्षतिको बिबरण आइनसकेको प्रहरी नायब उपरिक्षक बिश्वराज अधिकारीले जानकारी दिनुभयो ।
 
दोबिल्ला फलेवास सडक समेत पहिरोले क्षतबिक्षत भएको छ । स्थानीय थानेश्वर भुसालको गोठ पनि पहिरोले पुरिएको छ । यता स्थानीय रामप्रसाद तिवारी गोठ पनि पहिरोले पुरेको छ । गोठ पुरिँदा एउटा गोरु पनि मरेको छ ।क्षतीको पूर्ण विवरण आउन बाँकी रहेको वडाध्यक्ष टिकाराम गौँडेलले जानकारी दिनुभयो  ।आजको नेपाल समाचारपत्रमा खबर छ ।