फोहोरले सिसडोल ल्यान्डफिल भरियो, ठाउ अभावले फोहोर व्यवस्थानमा समस्या

आश्विन ०१,२०७७

-

असोज १,२०७७ काठमाडौं ।
ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइट भरिएको दुई वर्ष नाघिसकेको छ । अहिलेसम्म अन्तरकुन्तर खोजेर उपत्यकाका दुई महानगरपालिकासहित १८ स्थानीय निकायको फोहोर व्यवस्थापन भइरहेको छ ।
यस्तो समस्या आउँदा पनि गत चैतदेखि फोहोर विसर्जन गर्ने तयारी भएको बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन हुन सकेको छैन । शहरी विकास तथा भवन निर्माण विभागले ल्यान्डफिल साइट निर्माण गर्न नसक्दा उपत्यकाको फोहोर व्यवस्थापनमा जुनसुकै बेला समस्या आउने गरेको छ ।
 
अबको समस्या स्थानीय जनताको कारणले होइन, शहरी विकास तथा भवन निर्माण विभागकै कारण हुने भएको छ । ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्ने स्थान नभएको कारण समस्या पर्न लागेको हो । पछिल्लो समय ठेकेदारले बन्चरेडाँडामा संरचना निर्माण गर्न लागेको झन्डै दुई वर्ष पुग्न थालिसकेको छ ।
 
तैपनि काम हुन सकेको छैन । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले चैतदेखि नै फोहोर व्यवस्थापन गर्न सकिने जनाउँदै आएको थियो ।
 
‘अति नै भयो विभिन्न कारण देखाउँदै विगत चार महिनादेखि काम भएको छैन, स्थानीयले कामपालाई दोष देखाउँछन्, विभागले वास्तै गर्दैन, यसको कारण समस्या थपिएको छ।’-कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले भन्नुभयो । १८ स्थानीय निकायले सिसडोलमा फोहोर व्यवस्थापन गरे पनि मुख्य दायित्व भने कामपाको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।