कांग्रेस महामन्त्री कोइराला डिस्चार्ज

आश्विन ०४,२०७७

-

असोज ४,२०७७ काठमाडौं ।
 
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
 
कोरोना संक्रमित हुनुभएका कोइराला केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि ओम अस्पताल भर्ना हुनुभएको थियो । उहाँ शनिबार अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।
 
उहाँले आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता व्यक्त गर्नेहरुप्रति आभार प्रकट गर्नुभएको छ । उहाँले स्वास्थ्यमा क्रमिक सुधार आएकाले डिस्चार्ज भएर घरमा नै आराम गर्ने बताउनुभएको छ । नेपाल समाचारपत्रमा खबर छ ।