Trending :
 

काठमाडौंको सुविधासम्पन्न ग्राण्डी सिटी अस्पताल-जसको दर्ता समेत छैन !

आश्विन ११,२०७७

-

असोज ११, २०७७ काठमाडौं ।
 
स्वास्थ्य सेवाप्रति सरकार कति लापरबाह छ भन्ने उदाहरणमध्ये एक बनेको छ काठमाडौंको मुटु कान्तिपथस्थित ज्योति भवनमा सञ्चालित ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रालि ।
 
यसको दर्ता कुन सरकारी निकायमा भएको छ भनेर सबै सम्बद्ध निकाय चहा¥यो, तर कतै भेटेन । खोजीको शुरुआत मन्त्रालयबाटै गरियो ।
 
दुईसय बेडभन्दा माथिको अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग वा क्षेत्रीय निर्देशनालयले स्वीकृति दिनुपर्ने प्रावधान रहेको छ ।
 
हाल ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रालि के कति बेडमा सञ्चालन छ र कहाँ स्वीकृति लिएको छ आफूलाई जानकारी नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा। जागेश्वर गौतमले बताउनुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ ।