Trending :
 

खुल्न थाले स्थानिय तहका सामुदायिक विद्यालय

आश्विन ११,२०७७

-

असोज ११,२०७७ काठमाडौं ।
शिक्षा मन्त्रालयले महामारीमा पठनपाठन अगाडि बढाउन सक्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिएपछि धमाधम विद्यालय खुल्न थालेका छन् ।
 
उपत्यकासँग सिमाना जोडिएका र कोभिड-१९ संक्रमण काम हुँदै गएका स्थानीय तहभित्र पर्ने विद्यालयमा पठनपाठन शुरू भएको हो । स्वास्थ्य मन्त्रालयले तत्काल विद्यालय खोल्न नहुने सिफारिस गरे पनि स्थानीय तहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा भदौ १९ गते जारी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका-२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सिफ्टअनुसार विद्यालय सञ्चालन गर्न थालेका छन् ।
 
पछिल्लो तथ्यांकअनुसार रोल्पाको ५ स्थानीय तहका सबै विद्यालय खुलेका छन् । सिन्धुपाल्चोक, मकवानपुर, काभ्रे, धादिङ, नुवाकोट, कैलाली, बाँके, बर्दिया, झापा, मोरङ, दाङ, सुनसरी र काठमाडौं उपत्यकाकै केही स्थानीय तहले विद्यालय सञ्चालन गरिरहेका छन् ।
 
बागमती र प्रदेश २ बाहेक अधिकांश प्रदेशका केही स्थानीय तहले विद्यालय सञ्चालन गर्न थालिसकेका छन् । केहीले खुला गर्ने तरखर गरिरहेको केन्द्रको भनाइ छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।