Trending :
 

कर्मचारीमा कोरोना देखिएपछि ताहाचलबाट श्रम स्वीकृति दिन बन्द

आश्विन १४,२०७७

-

असोज १४,२०७७ काठमाडौं ।
वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।
 
एक जना कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा पनि लक्षण देखिएको उनले बताए । कार्यालय त खुल्लै हुन्छ तर सबै प्रकारका सेवा भने बन्द गरिएको छ ।
 
निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।