Trending :
 

एकीकृत पदमार्गको सम्भाव्यता अध्ययन सम्पन्न

आश्विन १५,२०७७

-

असोज १५, २०७७ काठमाडौं ।
नेपाल एकीकरणको समयमा प्रयोग गरिएका एकीकरण पदमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । मुलुक एकीकरणको समयमा प्रयोग भएका सडक र किल्लाको संरक्षण तथा प्रवद्र्धनका लागि अगाडि सारिएको एकीकरण मार्ग संरक्षण कार्यक्रमअन्तर्गत एकीकरण मार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । सेनाले विज्ञहरूको टोली नै गठन गरेर अध्ययन गरेको थियो ।
 
 
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले नेपाल एकीकरणको समयमा प्रयोग भएका सडक, गढी र किल्लाको संरक्षण कार्यक्रमअन्तर्गत गोरखा-धादिङ-नुवाकोट-काठमाडौँ-काभ्रे एकीकरण पदमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिनुभयो । 
 
अध्ययनअनुसार यस एकीकरण मार्गको कुल लम्बाइ १९६.५ किलोमिटर रहेको छ । त्यसैगरी गोरखा-नुवाकोट-धादिङ-काठमाडौँ एकीकरण मार्गको समेत सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । यस एकीकरण मार्गको कुल लम्बाइ १२८.५ किलोमिटर रहेको छ । आजको गोराखापत्र दैनिकमा खबर छ ।