Trending :
 

अस्तव्यस्त क्वारेन्टिनमै करोडौं बजेट खर्च

आश्विन १९,२०७७

-

असोज १९,२०७७ काठमाडौं ।
जाजरकोटका सातवटै पालिकाले अस्तव्यस्त क्वारेन्टाइनमा करोडौं बजेट खर्च गरेका छन् । कोरोना भाइरस कोभिड-१९ को महामारीले नेपाल पनि अछुतो रहेन । हाल नेपालमा पनि संक्रमणबाट मृत्यु र कोरोनाको लक्ष्य दिन प्रतिदिन उच्च रहेको छ । महामारी नियन्त्रण तथा रोकथामका लागि जाजरकोटका सातवटै पालिकाले अस्तव्यस्त क्वारेन्टाइनमा करोडौं बजेट खर्च गरेका छन् ।
 
स्थानीय सरकारले कोरोना भाइरसको नाममा न त स्थायी संरचना निर्माण गरे न त अस्थायी क्वारेन्टिनलाई बलियो बनाए, अस्तव्यस्त क्वारेन्टिनमै करोडौं बजेट खर्च गरेका छन् । गरिब विपन्न नागरिकलाई १५ किलो चालम, एक पोका तेल, ५ किलो दाल, एक प्याकेड नुनमा करोडौं बजेट पालिकाले खर्च गरेका छन् ।
 
अधिकांश विद्यालयका भवनहरु क्वारेन्टाइनमा प्रयोग भएका थिए। वर्षाको समयमा पानी चुहिने विद्यालयका भवनमा खानेपानी व्यवस्थापन नगरी बाहिरबाट आएका नागरिकलाई कष्टपूर्ण तरिकाले व्यवस्थापन गरिएको थियो । स्थायी संरचना बनाउनुपर्छ भन्नेमा सरोकारवालाको ध्यान गएन कसरी कमिसन आउँछ भन्ने सरोकारवाला निकायको जोड घटाउले करोडौं बजेट अस्तव्यस्त क्वारेन्टाइनमै खर्च भएको हो ।
 
गत आर्थिक वर्षमा जाजरकोटका स्थानीय सरकारले कोरोना भाइरस महामारी रोगथाम तथा नियन्त्रणका लागि छेडागाड नगरपालिकाले २ करोड २५ लाख ७२ हजार ४ सय ९५, भेरी नगरपालिकाले १ करोड ४४ लाख ८७ हजार ६ सय ९८ नलगाड नगरपालिकाले ५८ लाख १ सय ७३, शिवालय गाउँपालिकाले करिब ७० लाख बारेकोट गाउँपालिकाले ७५ लाख ६० हजार ९ सय, जुनीचाँदे गाउँपालिकाले ५४ लाख ४५ हजार र कुसे गाउँपालिकाले ४० लाख खर्च गरेको पालिकाले जनाएका छन् ।
 
पालिकाले कोरोनामा खर्च गरेको बजेट स्थायी संरचना निर्माण नगरेर महामारी नियन्त्रण तथा रोकथामलगायतका शीर्षकमा विपन्न परिवारलाई खाद्यान्न वितरण, प्रचार प्रसार, साबुन, मास्क, आरडीटी परीक्षण, गर्भवती महिलालाई भिडियो एक्सरे, औषधी खरीद क्वारेन्टिनमा रहेका नागरिकका लागि बिस्तरा, खाना, नास्ता, बिरामी राहत वितरण गाडी भाडालगायतमा खर्च गरेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।