Trending :
 

राजधानीलाई कोरोना जोखिमबाट बचाउन काठमाडौं महानगरले शिक्षक परिचालन गर्ने

आश्विन २०,२०७७

-

असोज २०,२०७७ काठमाडौं ।
काठमाडौं महानगरपालिकाले राजधानीलाई कोरोना जोखिमबाट बचाउन सामुदायिक विद्यालयका शिक्षक परिचालन गर्ने भएको छ । महानगरले सबै वडामा कन्ट्रयाक्ट ट्रेसिङ गर्न र होम आइसोलेसनमा बसेकालाई परामर्श दिन शिक्षक परिचालन गर्न लागेको हो ।
 
कामपा स्रोतका अनुसार छनोटमा परेका शिक्षकलाई शहरी जनस्वास्थ्य विभागले ओरेन्टेसनमा सहभागी गराएर परिचालन गर्ने तयारी भइरहेको छ । राजधानीमा संक्रमितको संख्या दैनिक हजारभन्दा बढी हुन थालेपछि कामपाले नयाँ योजनासहित शिक्षक परिचालन गर्न लागेको हो ।
 
छनोटमा परेका शिक्षकले होम आइसोलेसनमा बसेकालाई परामर्श दिने, आयुर्वेदिक र अन्य औषधी सेवनको तरिकाबारे जानकारी गराउनेलगायतका क्रियाकलापबारे जानकारी दिनेछन् । कामपा शिक्षा विभागका निमित्त प्रमुख तारापति खरेलले पहिलो चरणमा प्रत्येक वडामा २ जना शिक्षक परिचालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ ।