Trending :
 

विशाल ग्रुपको ठगी धन्दाः म्याद गुज्रिएका एक अर्ब बढिको अखाद्य वस्तु विक्रि

आश्विन २१,२०७७

-

असोज २१,२०७७ काठमाडौं
 
चकलेटजस्ता खाद्यवस्तुको प्रभावशाली वितरक विशाल ग्रुपले वितरण गर्दै आएका करिब एक अर्ब रुपियाँका वस्तु उपभोग्य मिति सच्याई विक्रीवितरण गर्न लागेकोमा सरकारले छापा मार्ने क्रममा समातिएका आठमध्ये सातजनालाई सरकारले मुक्त गरिदिएपछि उपभोक्ताहरू आक्रोशित बनेका छन् ।
 
‘विशाल ग्रुपलले वितरण गर्ने चक्लेटलगायतका वस्तु बहिष्कार गर्ने अभियान चलाउने तयारीमा छौं, हाम्रो बहिष्कार अभियान सामाजिक सञ्जालमार्फत अघिबढ्नेछ’, काठमाडौंको कालीमाटीका सुरज ताम्राकारले नेपाल समाचारपत्रलाई भने- ‘विगतमा हामीले राजनीतिक र सामाजिक प्रकृतिका धेरै अभियान चलाइसकेका छौं, नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने कार्य सामाजिक अपराध हो, हामी चुप लागेर बस्दैनौं ।’
 
म्याद सकिएका सामान बजारमा पठाएको विषयमा महानगरीय प्रहरी अपराध महाशाखाले दुई साता अघिबाट अनुसन्धान शुरु गरेर आवश्यक प्रमाणसमेत जुटाएको थियो । महाशाखाले कालोबजारीअन्तर्गत मुद्दा चलाउन नमिल्ने कानुनी अडचनको कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागसँग समन्वय गरेर मिति नाघेको सामग्रीसहित आठ जनालाई रंगेहात पक्राउ गरेको थियो । गलत काम गर्ने व्यक्तिलाई पक्राउ गरेसँगै प्रहरी र विभागको निकै प्रशंसा भएको थियो तर, विभिन्न किसिमको प्रभावमा परेर आइतबार नै पक्राउ परेका व्यक्तिलाई रिहाइ गरेपछि उपभोक्ताहरू नै बहिष्कार अभियानमा सरिक भएका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।