चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा तिहारपछि हुने
-
कार्तिक १९,२०७७ काठमाडौं ।
कोरोनाका कारण आठ महिनादेखि स्थगित सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा तिहारपछि शुरु हुने भएको छ । लामो समयसम्म परीक्षा सञ्चालन नहुँदा सवारी चालक अनुमतिपत्र लिनबाट वञ्चित भएका थिए । त्यसैलाई मध्यनजर राखेर सरकारले पुनः परीक्षा सुचारु गर्न लागेको हो ।
यातायात व्यवस्था विभागले तिहारपछि चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा सुचारु गर्ने गरी गृहकार्य अगाडि बढाएको छ । लकडाउन शुरु भएपछि वर्षांैदेखि हुन नसकेको स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने काम विभागले यस अवधिमा सम्पन्न गरेको छ । अब ट्रायल पास भएको करिब एक साताभित्र नै स्मार्ट लाइसेन्स वितरण गर्ने तयारी विभागले गरेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले तिहारपछि स्वास्थ्य मापदण्ड पालना गरेर सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ ।