Trending :
 

भाईटीका मनाउन दुई दिन सार्वजनिक बिदा सरकारको दिने निर्णय

कार्तिक २६,२०७७

-

 
कार्तिक २६, २०७७ काठमाडौं ।
 
 
यस बर्ष भाईटीका मनाउन सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  मंसिर २ गते भाईटीकाको दोस्रो दिन पनि सार्वजनिक बिदा हुने भएको हो। नेवार समुदायको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक बिदा दिइने भएको हो ।
 
यस बर्ष नेवार समुदायले मंसिर १ गते सोमबार नेपाल संवत् नयाँ वर्ष (न्हुदँ)कै पहिलो दिन पारेर म्हपूजा र मंसिर २ गते मङ्गलबार भाइपूजा गर्दै छन्। नेवास् समुदायका अभियन्ताहरुको माग अनुसार मन्त्रिपरिषदको निर्णयले उक्त दिन बिदा दिने निर्णय गरेको जनाईएको छ । नेपाल समाचारपत्रमा खबर छ ।