Trending :
 

नेकपा विवाद चरम उत्कर्षमा पुगेका बेला भारत र चीनको नेपाल भ्रमण तिब्र

मंसिर ०७,२०७७

-

मंसिर ७,२०७७ काठमाडौ ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चरम उत्कर्षमा पुगेका बेला दुई छिमेकी मुलुक भारत र चीन सरकारका उच्चस्तरीय टोलीको नेपाल भ्रमण हुने भएको छ ।
 
भारतीय विदेश सचिव हर्षवद्र्धन शृंग्ला र चिनियाँ रक्षा मन्त्री तथा स्टेट काउन्सिलर वेई फेङ्हेको भ्रमणको मिति तय भइसकेको छ भने भारतीय विदेश मन्त्री जय शंकर र चिनियाँ विदेश मन्त्री वाङ यीले पनि अर्को महिना नेपाल भ्रमण गर्ने भएका छन् । तर उनीहरुको भ्रमणको मिति भने तय भइसकेको छैन ।
 
भारतीय विदेश सचिव शृंग्ला मंसिर ११ गते दुई दिने भ्रमणका लागि नेपाल आउनुहुने भएका छन् भने चिनियाँ रक्षा मन्त्री वेई भने मंसिर १४ गते नेपाल आउनुहुने भएको छ ।
 
नेपाल आउन लागेका चिनियाँ नेता उच्चस्तरीय नेता भएकाले नेपालको आन्तरिक राजनीतिमा समेत छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा वेई नेपाल आउन लाग्नुभएको हो ।
 
उहाँको भ्रमण अवधि छोटो भए पनि नेपालका प्रमुख नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । उहाँको भ्रमणका बारेमा सरकारले औपचारिक जानकारी नगराए पनि नेपाली सेनाले भ्रमणको सबै तयारी भित्रीरूपमा गरिरहेको छ ।
 
नेपाल-भारत र चीन-भारतबीच सीमा विवाद कायम रहेकै बेला दुई देशबाट हुने उच्चस्तरीय भ्रमणलाई विश्व समुदायले नै नजिकबाट हेरिरहेको विश्लेषकहरु बताउँछन् ।
 
आजको गोरखापत्र दैनिकमा खबर छ ।