अध्यक्षद्वय ओली र ‘प्रचण्ड’बीच सम्बन्ध बिग्रँदै

मंसिर ११,२०७७

-

मंसिर ११, २०७७ काठमाडौं ।
पार्टीभित्रको आन्तरिक विवादका कारण नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सम्बन्ध बिग्रँदै गएको छ । पार्टीभित्र आन्तरिक विवाद आउँदा दुवै अध्यक्षबीच छलफल हुने गरे पनि यसपटक झन्डै तीन सातादेखि संवाद हुन सकेको छैन ।
 
सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीति प्रस्तावसँगै अध्यक्षद्वयको विश्वासमा संकट पैदा भएको हो । पार्टी एकीकरणपछि सांगठनिक र सरकार गठनमा समन्वय गरेर अगाडि बढेका अध्यक्षद्वयबीच पार्टी एकीकरणपछि अहिले निकै ठूलो संकट देखापरेको छ । प्रचण्डले पेस गरेको लिखित राजनीतिक प्रतिवेदनको अध्यक्ष ओलीले हाल जवाफ तयार गरिरहँदा दुवै पक्ष आक्रमकरुपमा आ–आफ्नो रणनीति बनाउन लागिपरेका छन् ।
 
पार्टीभित्र संकट गरिँदै गएपछि अध्यक्षद्वयबीच संवाद हुन सकेको छैन । पार्टीभित्र देखिएको संकट समाधान गर्न अध्यक्षद्वयबीच संवादहीनताको अवस्था रहेको छ । सचिवालयम पेस भएको राजनीतिक प्रस्ताव फिर्ता नलिने अडान प्रचण्डले लिएपछि १९ पृष्ठ लामो प्रतिवेदनको जवाफ ओलीले तयारी गरिरहनुभएको छ ।
 
सचिवालय बैठक मंसिर १३ गतेका लागि बोलाइएको छ । मंसिर ३ गतेयता कुनै पनि संवाद हुन सकेको छैन । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।