९ महिना देखी बन्द रौतहटको गौर बैरगनिया बोर्डर विहिवारबाट खुल्यो

मंसिर १२,२०७७

-

मंसिर १२, २०७७ काठमाडौं ।
 
भारतिय सिमासँग जोडिएको रौतहटको गौर बैरगनिया बोर्डर विहिवारबाट खुल्ला भएको छ । कोरोना महामारीका कारण लामो समयदेखी बन्द रहेको रौतहटको गौर नाका विहिवारबाट खुल्ला भएको छ । कोरोना भाइरस रोकथामका लागि विगत ९ महिना देखी बन्द रहेको गौर बैरगनिया नाका विहिवारबाट खुलेको छ ।
 
नाका खुल्लेसँगै नेपाल र भारत दुवै देशका नागरिकहरु फेरी पहिला जस्तै एक अर्का देशमा सहज ढंगले आवतजावत गर्न थालेका छन । रौतहटको प्रमुख नाकाको रुपमा रहेको गौर भन्सार नाकाबाट नेपाल–भारत आवतजावत गर्न दिन र पहिले जस्तै सीमा नाका सञ्चालन गर्न माग गर्दै गौर नाकामा विगत केहिदिन देखी निरन्तर आन्दोलन हुँदै आएको थियो ।
 
कोरोनाको कहर अब पहिला जस्तो नरहेपनि कोरोनाको बहानामा सरकारले लामो समयदेखी सिमा नाका बन्द गरेर सर्वसाधारणहरुलाई दुख दिने काम मात्र गरेको भन्दै नागरिक समाजको अगुवाइमा प्रदर्शन तथा धर्ना कार्यक्रम निरन्तर हुदै आएको थियो । आजको गोरखापत्रमा खबर छ ।