Trending :
 

विकट क्षेत्रका अस्पताल,स्वास्थ्यकर्मी र बिरामीका लागी स्वास्थ्य सुरक्षा सामग्री वितरण अभियान सम्पन्न

मंसिर १८,२०७७

-

मंसिर १८, २०७७ काठमाडौं ।
 
कोकाकोला र नेपाल रेडक्रस सोसाइटी नेरेसोको साझेदारीअन्तर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कोभिड बिरामी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत, वीरेन्द्रनगर, रक्तसञ्चार केन्द्र र स्वयंसेवकहरुलाई सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण गरिएको छ ।
 
वीरेन्द्रनगरमा सम्पन्न सो कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसर काठमाडौंबाट मंसिर पहिलो हप्ता शुरु गरेको यो दोस्रो चरणको वितरण अभियान बुधबारबाट समापन भएको हो ।
 
कर्णाली प्रदेश मुख्यालयमा हस्तान्तरण गरिएका सामग्रीमा १६ लाख ३२ हजार ८ सय ५० मूल्यको आईसीयूमा प्रयोग हुने एक भेन्टिलेटरका साथै ६ हजार सर्जिकल मास्क, २ हजार ५ सय जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षा पोसाक, केएन ९५ मास्क २ सय थान र २५ थान सुरक्षा चस्मा रहेका छन् । ती सामग्रीहरुको जम्मा मूल्य १९ लाख ६५ हजार २ सय रहेको छ ।
 
भरतपुर अस्पताल, चितवन, कोशी अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल पर्सा, पोखरा स्वास्थ्य विज्ञान अस्पताल कास्की, भेरी अञ्चल अस्पताल बाँके, कर्णाली प्रदेश अस्पताल सुर्खेत र सेती प्राविधिक अस्पताल कैलालीमा भेन्टिलेटरसहित सुरक्षा सामग्री हस्तान्तरण गरिएको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ ।