Trending :
 

शीतलहर तथा हिमपात जस्ता विपद्को क्षति कम गर्न पूर्वतयारी तीव्र

मंसिर २१,२०७७

-

मंसिर २१,२०७७ काठमाडौं ।
सरकारले सम्भावित शीतलहर तथा हिमपातबाट हुने क्षति कम गर्न विपद्को पूर्वतयारी तीव्र बनाएको छ ।
 
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था कार्यकारी समितिले चिसो मौसममा ‘सम्भावित शीतलहर तथा हिमपात प्रभाव न्यूनीकरण पूर्वतयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७७’ पारित गरेको छ । साथै त्यसलाई कार्यान्वयनका लागि काम अगाडि बढाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन पनि दिएको छ ।
 
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको समितिको बैठकले चिसोजन्य विपद्का लागि तत्काल पूर्वतयारी थाल्न निर्देशन दिइएको हो । बैठकलगत्तै प्राधिकरणले विपद्मा जुट्न स्वयंसेवक ब्युरो गठन तथा परिचालन निर्देशिका, २०७७ को मस्यौदामाथि बृहत् छलफल गरेको छ । 
 
सरकारको निर्देशन अनुसार प्राधिकरणले चिसोजन्य विपद्बाट आमजनतालाई सुरक्षा दिने कार्ययोजनामा काम थालेको प्रवक्ता जनार्दन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यान्वयनका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा पठाइएको छ । त्यसका साथै चिसोबाट बच्न सचेतनामूलक कार्यक्रम स्थानीय भाषामै तयार गर्ने तयारी पनि सुरु भएको छ ।आजको गोरखापत्रमा खबर छ ।