Trending :
 

स्थानीय निकायले पहल नगर्दा १५ सम्पदा क्षेत्र विश्व सम्पदा क्षेत्रमा सूचिकृत हुन सकेनन्

मंसिर २२,२०७७

-

मंसिर  २२,२०७७ काठमाडौं
पुरातत्व विभागले २४ वर्षदेखि युनेस्कोको विश्वसम्पदा सूचीको सम्भावित सूचीमा राखेको १५ सम्पदाहरूको हालसम्म सूचीकृत हुन सकेको छ । स्थानीय र सम्बन्धित जिल्लाको जनताको पहल नभएको कारण ती सम्पदाहरू विश्वसूचीमा समावेश हुन नसकेको हो ।
 
पुरातत्व विभाग विश्वसम्पदा संरक्षण महाशाखाका अनुसार सन् १९९६ र सन् २००८ मा गरी १५ सम्पदालाई सम्भावित सूचीमा समावेश गरिएको थियो । तीमध्ये अहिले कीर्तिपुर, पनौती र जनकपुरले सूचीकृत हुन प्रक्रिया गरिरहेका छन् । महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर डा। सुरेशसुरस श्रेष्ठ करिब दुई दशकदेखि प्रक्रियामा गएता पनि हालसम्म खासै प्रगति हुन नसकेको बताउनुभयो ।
 
उहाँले भन्नुभयो–‘स्थानीय तहले प्रक्रिया अघि नबढाउँदासम्म विश्व सम्पदा सूचीमा सूचीकृत हुन सम्भव छैन । उहाँका अनुसार प्रक्रियामा प्रवेश गर्न दर्जनौँ योजना पेस गर्नुपर्छ । तीमध्ये पुरातात्विक क्षेत्रको संरक्षण, व्यवस्थापन, मौलिकता बिग्रन नदिने प्रतिबद्धता अनिवार्य हुन्छ ।
 
यो क्षेत्रलाई विश्व सम्पदा सूचीमा लैजान्छु भन्दा सजिलै प्रवेश गराउन सकिँदैन कम्तीमा पनि दुई दर्जनभन्दा बढी प्रक्रिया पूरा गरेपछि मात्र सम्भव हुन्छ–विभागका सूचना अधिकारीसमेत रहेका महाशाखा प्रमुख डा. श्रेष्ठले भन्नुभयो ।
 
विकासको नाममा सांस्कृतिक, सामाजिक र ऐतिहासिक मौलिकता बिग्रन नदिई दशकौँ पहिला जस्तो संरचना छ त्यसैलाई कायम राख्ने ठोस निर्णय कार्यान्वयन भएपछि मात्रै विश्वसम्पदा क्षेत्रमा सूचिकृत हुन सक्ने डा. श्रेष्ठको भनाइ छ ।
 
सम्भावित सूचीमा परेका सबै सम्पदाको विषयमा विभागले अध्ययन गरिसकेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।