राष्ट्रघात गर्ने गिरिजाप्रसाददेखि बाबुरामसम्म

मंसिर २६,२०७७

Dirgha raj Prasai



 
 
∙  दीर्घराज प्रसाई––
 
 
   नेपालमा गिरिजाप्रसाद कोइराला, माधव नेपाल, बाबुराम भट्टराई जस्ता कपुतको जन्म हुनु नैं हाम्रो दुर्भाग्य हो ! नेपालको पहिचान र धार्मिक मान्यताको बिरुद्ध सचेत भइरहनुपर्ने हामी सबै नेपालीहरुको कर्तव्य हो ।
 
यो देशमा गिरिजाप्रसाद कोइराला जस्ता कपुतको जन्म हुनु नै हाम्रो दुर्भाग्य हो । राजा ज्ञानेन्द्रसँग संझौता भएर जनआन्दोलन बिसर्जन भएपछि २०६३ बैशाख ११ को राजासँग भएको सहमति अनुसार राजदरबारमैं २०४७ सालको संविधान बमोजिम प्रधानमन्त्रीको सपथग्रहण गरेका गिरिजाले संझौतालाई तोडेर देश, प्रजातन्त्र र नेपाली कांग्रेसलाई नैं धोका थिए । नेपाली का्रग्रेसको प्रजातान्त्रिक छवि ध्वस्त बनाउँदै नेपाललाई अधोगतिको पराकाष्ठामा पु¥याउने गिरिजाले गरे ।
 
त्यस्तै एमालेमा माधव नेपाल घोर निन्दनीय चुत्था व्यक्ति हुन् जस्ले पदको लागि देशलाई नैं बन्धकीमा राख्न खोजे । नेपाललाई यो संकटमा फसाउन २०६२ सालमा भारतको दिल्लीमा १२ बुँदे सहमति गराउन सम्पूर्ण चाँजो मिलाउने बाबुराम भट्टराई हुन् ।
 
गिरिजाप्रसाद नैं राष्ट्रघातका अनेकौं श्रृंखला प्रारम्भ गर्ने व्यक्ति हुन् । तिनै गिरिजा प्रधानमन्त्री भएकोबेला २०४९ साल पछिको स्थानीय चुनावमा कैयौं जिल्लाहरुमा मसालले पकड जमाएपछि प्रधानमन्त्री गिरिजाप्रसादको सत्तालाई असह्य भएकाले मसाललाई सखापपार्न बालुवाटारमा उच्चस्तरीय वैठक बस्यो । बैठकबाट– मसाललाई भोट हाल्ने, भोट जित्ने, भोट हारेका मसाललाई जहाँ भेटेपनि खत्तम पार्ने, कहीं कसैको उजुर नलिने त्यसको लागि प्रहरी, प्रशासन र आ–आफ्ना पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिने भन्ने निर्णय भयो ।
 
पहिलो काण्ड रुकुम जिल्लाबाट प्रारम्भ गरियो । रुकुम, रोल्पा, प्यूठान, रामेछाप र सिंधुली जिल्लामा केन्द्रीत गरेर छानीछानी त्यस्तै खतरनाक सीडिओ, प्रहरीहरु जनता दमनको लागि पठाइयो । उक्त जिल्लाहरुमा हत्या, दमन, बलात्कार यति बढ्यो कि त्यसको समिा नैं रहेन । मसाल समाप्त गर्ने नाममा कैयौ सोजासाझा, निमुखा जनता पनि मारिए ।
 
नेपाल  धर्मनिरपेक्ष र गणतन्त्र रहिरह्यो भने यो देशमा हिन्दु र बौद्धहरुको कुनै  अस्तित्व रहने छैन । हिमालयकोे काखमा रहेको पूण्यभूमि नेपाल, विश्वका अरबौं  हिन्दु, बौद्धहरुको लागि तीर्थस्थल हो जहाँ हिन्दुअधिराज्य र राजसंस्था राष्ट्रिय एकताको प्रतीकलाई हामी नेपालीहरुले ज्यान समर्पण गरेर पनि  जोगाउनुपर्छ !
 
प्रधानमन्त्री गिरिजा र गृहमन्त्री शेरबहादुरको निर्देशनमा हत्याकाण्डहरु बढ्दै गएपछि त्यसको विरुद्ध २०५४ बैशाख १२ गतेको लोकपत्र दैनिकमा बाबुराम भट्टराईले लेखे– ‘जब प्रतिक्रियावादीहरुले मुक्तिकामी जनतालाई नक्कली मुठभेडको नाउँमा मनपरी ढंगले मार्न सुरु गरे अनि पार्टीले वाध्य भएर छानिएका जनहत्यारा र जासुस्को काम गर्नेहरुलाई भौतिकरुपमा सखाप पार्ने नीति लियो ।’ त्यसपछि प्रहरी, सेना लगायत हजारौं नेपाली जनताको प्रयोजनहीन हत्या गर्न थालियो, बैंकहरु लुटिए, अबौं विकासका पूर्वाधार जलाईए, नष्ट गरिए ।
 
पछि तिनै बाबुराम भट्टराई, गिरिजालाई नेता मान्न पुगे भने यस्ता खुनीहरुबाट देशले निकास पाउँछ भनेर सोच्नु अर्को धोका हो । राष्ट्रका मूल्य र मान्यता समाप्त पार्न गणतन्त्र, धर्मनिरपेक्षता र जातीय राज्यहरुको व्याख्या गरेर देश टुक्रयाउन खोज्नेहरु नाङ्गिइसकेका छन् ।
 
दरबार हत्याकाण्ड भएको सातदिन नबित्तै २०५८ जेष्ठ २४ गतेको कान्तिपुरमा बाबुराम भट्टराईले हत्याकाण्ड राजा ज्ञानेन्द्रले गराएको हो भन्दै कान्तिपुरमा लेख लेखे । त्यसबेलामा उनले कांग्रेसका गिरिाजाहरुको खुलेर बिरोध गर्ने गर्थे । कांग्रेस र एमालेको कुशासन बढ्दै गएपछि त्यसबाट देश र जनतालाई मुक्त गराउन उनै माओवादी बिद्रोहका अगुवा भए । तर २०६२ साल मंसिरमा १२ बुँदे सहमति मार्फत नेपालको अस्तित्व नैं समाप्त पार्न खोजेपछि थाहा भयो– यी सब बाबुरामका देखाउने दाँत मात्र रहेछन् ।
 
नेपालको  राष्ट्रियता, पहिचान बचाउन सरिक हुनु हामी सबै नेपालीहरुको कर्तव्य हो । २०६३ सालपछि नेपालका सत्तासीन( माओवादी, कांग्रेस, एमाले नेताहरुले  नेपाालको सार्वभौमसत्ता, पहिचान र एकतालाई ध्वस्त बनाएर विदेशी आधिपत्य  निम्त्याएकाले नेपाल अहिले विदेशीहरुको खेलमैदान बन्न पुगेको हो ।
 
१२ बुँदे सहमतिमा फसेका नेपालका सिद्धान्तच्यूत नेताहरुको पारामा लागेर टुलुटुलु हेरेर नेपाल डुबेको टुलुटुलु हेरेर बसिरहने हो भने हामी नेपालीहरु ज्यूँदै मरे सरह हुनेछ । देश डुब्ने स्थिति आउन लागेको हुनाले देशलाई वैधानिकता दिएर राजाको उपस्थितिमा नयाँ ढाचा र सहमतिबाट देशलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा हामी सबै जुट्नु पर्दछ । यही नैं अहिलेको सबैभन्दा राम्रो विकल्प हो ।
पृथ्वीनारायणबाट मुसलमाननसँग मिलेर नेपालको एकीकरण गरेर हिन्दु तथा बौद्ध अस्मिता बचाउने योगदान भयो । यसको परिणाम अहिलेसम्म नेपालमा हिन्दु तथा मुसलमान बीच कुनै बैमनुष्यता देखापरेको छैन । उत्तरमा कैलास–मानसारेवर, पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश र दक्षिणमा गंगासम्मको भूभाग हिमवतखण्ड हो । त्यसबेला सम्पूर्ण हिमवतखण्ड एकीकृत हुन नसकेता पनि ५४ साना हिन्दु राज्यहरु हिन्दुअधिराज्य नेपालमा एकीकृत भए । यसले गर्दा यो भूमि बिटुलो भएन ।
 
नेपालमा गिरिजाप्रसाद कोइराला, माधव नेपाल, बाबुराम भट्टराई जस्ता कपुतको जन्म हुनु नैं हाम्रो दुर्भाग्य हो ! नेपालको पहिचान र धार्मिक मान्यताको बिरुद्ध सचेत भइरहनुपर्ने हामी सबै नेपालीहरुको कर्तव्य हो ।
 
 
राष्ट्रिय एकीकरणको सन्दर्भमा नेपालको सीमाना पूर्वमा टिष्टा नदीसम्म पुगेपछि स्व. इमानसिंह च्याम्जुङले किरातकालीन विजयपुरको इतिहासमा उल्लेख गरेका छन् कि वि.सं.१८३१ साउनमा –‘हामी किरातबंश सत्धर्ममा मन राखी गोर्खावंशसँग एकैवंश भई मिल्नेछौं । साथै कुनै विदेशीले तिमीहरुको राजा को हो र कहाँ छ ? भनी सोधेमा हामीहरुको राज्य गोर्खा हो, महाराज गोर्खामा छन् र हामी गोर्खावंशका हौं भनी जवाफ दिनेछौं ।’ यो यथार्थतालाई हेर्दा शाहवंशप्रति सबै राज्यका जनता विश्वस्त थिए ।
 
तर विदेशीहरुले आन्तरिक र वाह्य षडयन्त्रबाट नेपाललाई झन् अप्ठयारो पार्ने काम गर्दैआए । अंग्रेजले नेपाल माथि निहु खोजेर आक्रमण ग¥यो । पछि सुगौली संधिमा चन्द्रशेखर उपाध्याय र देश निकाला गरिएका गजानन्द मिश्रले– ‘राजाको प्रतिनिधि हौं भन्दै ‘मुजफ्फरपुरमा १२÷१२ बिघा जग्गा लिएर सुगौली संधीमा हस्ताक्षर गरेका थिए ।’ (योगी नरहरिनाथ) । त्यसबाट विशाल नेपाल खुम्चियो ।
जङ्गबहादुरले अंग्रेजलाई लखनाउका नबाब बजीर शाह बिरद्ध सन् १८५७ को युद्धमा सघाए बापत राप्तीदेखि महाकालीसम्मको भूभाग नेपालले फिर्ता पायो । मेचीदेखि दार्जेलिङ्ग लगायत टिष्टासम्मको भूभाग फिर्ता नदिएर प्रत्येक साल नेपाललाई दुईलाख रकम बुझाउने, सर्त राखेर दार्जिलिङको राम्रो हावापानी उपभोग गर्ने भनेर नेपाललाई सालआना दुई लाख रुपैयाँ बुझाउने गर्त गरेको थियो तर त्यसबापतको रकम भारत स्वतन्त्र भएपछि फिर्ता दिएन ।
 
जङ्गबहादुरसँग महाकालीदेखि कांगडासम्मको भूभाग चाँडै फिर्ता गर्ने कुरा हुँदाहुँदै फिर्ता नभएपछि पछि चन्द्रशम्सेरले महाकालीदेखि कांगडासम्मको भूभाग फिर्ता मागेपछि अंगे्रजले प्रत्येक बर्ष आनाको ५० लाख रकम नेपाललाई उपलब्ध गराउने लेखापढी भएकोमा सन् १९४७ मा भारत स्वतन्त्र भएपछि नेपालले न रकम पायो न महाकालीदेखि काँगडासम्मको गुमेको भूभाग फिर्ता पायो । यस्तो छ राष्ट्रियताको पीडा ।
 
नेपाल र भारत बीचको सांस्कृतिक एकतालाई निरन्तरता दिने क्रममा नेपालका राजाहरुबाट लिच्छविकालदेखिनैं मलजल गर्ने कार्य हुँदैआएको हो । भारतका अनेकौं धामहरु–रामेश्वर, जगन्नाथ, विश्वनाथ, बद्रीनाथ, केदारनाथ, गया, कामाक्षा कामरुप आदिमा नेपालका राजाहरुको विशेषाधिकार रहिआएको हो । यस बारेमा श्री ५ गिर्वाणयुद्ध विक्रम शाहको पालामा आसामको कामाक्षा कामरुपमा शिलालेख राखेका थिए । ‘‘माई कामाक्ष शरणकरे ‘स्वर्गेस वंशउद्भवः भूपनिर्मित मन्दिरमिदम्’ शिलालेख राखी लालमोहोरिया पण्डा खडा गरी १२ गाउँ बिर्ता दिई लालमोहोर गरी दिएको थियो ।
 
नेपाल र भारत बीचका सौहार्दतालाई भारतले पनि बुझ्नुपर्छ । नेपालमा हिन्दु, बुद्धिष्ट तथा किरातहरु समेत ९६ प्रतिशत ॐकार परिबार छौं । यसभूमिमा रहेर यहीको धर्मपरिवर्तन गराउने कुराको भने हामी बिरोध गर्छौ । नेपालको पहिचान र धार्मिक मान्यताको बिरुद्ध सचेत भइरहनुपर्ने हामी सबै नेपालीहरुको कर्तव्य हो ।
 
नेपाल  धर्मनिरपेक्ष र गणतन्त्र रहिरह्यो भने यो देशमा हिन्दु र बौद्धहरुको कुनै  अस्तित्व रहने छैन । हिमालयकोे काखमा रहेको पूण्यभूमि नेपाल, विश्वका अरबौं  हिन्दु, बौद्धहरुको लागि तीर्थस्थल हो जहाँ हिन्दुअधिराज्य र राजसंस्था राष्ट्रिय एकताको प्रतीकलाई हामी नेपालीहरुले ज्यान समर्पण गरेर पनि  जोगाउनुपर्छ !