Trending :
 

तरकारी, फलफूल र चियामा विषादीको अधिकतम मात्रा तोकिने

मंसिर २७,२०७७

-

मङ्सिर २७,२०७७ काठमाडौं ।
प्रांगारिक मल र अर्गानिक उत्पादनको जति प्रचार भए पनि कृषि उपज विषादीको प्रयोग नगरी बजारमा आइपुग्दैनन् । स्वदेशीभन्दा बढी आयातित कृषि उपज बजारमा आइपुग्छन्, जसमा प्रयोग भएका विषादीको मात्राबारे सरकारको नीति प्रस्ट हुन नसक्दा अलमल नै थियो । अब भने सरकारले तरकारी, फलफूल र चियामा विषादीको अधिकतम मात्रा तोक्ने भएको छ ।
 
यसका लागि विषादी अवशेषको अधिकतम सीमा तोक्नेसम्बन्धी खाद्य पदार्थको गुणस्तर निर्धारण आदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।
 
योसँगै स्याउ, केरा, करेला, भन्टा, बन्दा, काउली, भिन्डी, आलु, टमाटर र चियामा विषादीको मात्रा तोक्ने बाटो खुलेको छ । फलफूल तथा तरकारीमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा ९म्याक्सिमम रेजिड्यु लिमिट० निर्धारण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले बताए । ‘यसअघि आयातित र स्वदेशी तरकारी तथा फलफूलका लागि विषादी मात्राको मापदण्ड थिएन । धेरै गृहकार्यपछि मन्त्रिपरिषद्मा पेस भयो । स्वीकृत पनि भयो,’ उनले भने, ‘सबै ल्याब तयारी अवस्थामा छन्, अब कार्यान्वयनमा जान्छौं ।’
 
मन्त्रिपरिषद्को निर्णयपछि अब आदेश राजपत्रमा प्रकाशित हुनेछ । त्यसपछि यसले थप आधिकारिकता पाउनेछ । अहिले करिब २८र२९ ग्रुपका विषादी प्रयोग भइरहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । ती विषादी तरकारी, फलफूल तथा अन्य बालीमा प्रयोग भइरहेका छन् । स्वदेशी गरी विदेशबाट आयात हुने फलफूल तथा तरकारीमा पनि विषादीको मात्रा भेटिन्छ । 
 
त्यसलाई व्यवस्थित गर्न तरकारी तथा फलफूल गरी मुख्य १० वटामा मात्रा तोक्ने निर्णय गरिएको हो । ‘यसअघि फलफूल तथा तरकारीमा विषादीको सीमा तोकिएको थिएन । करिब डेढ वर्षको गृहकार्यपछि यो काम भएको छ,’ महर्जनले भने । निकासी पैठारी ९नियन्त्रण० ऐनअनुसार भन्सार बिन्दुमा क्वारेन्टाइन प्रक्रिया र जीवनाशक विषादीको अवशेष परीक्षण गर्नुपर्ने व्यवस्थाअनुसार सीमा तोक्ने तयारी गरिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।