Trending :
 

नेताहरुले वेवास्ता गर्दा संवैधानिक परिषद् बैठक स्थगित

मंसिर २९,२०७७

-

मंसिर २९,२०७७ काठमाडौं ।
लामो समयपछि बोलाइएको संवैधानिक परिषद्को बैठकलाई पनि राजनीतिक पार्टीका नेताहरुले वास्ता नगरेपछि स्थगित भएको छ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार परिषद्को बैठक बोलाउनुभएको थियो ।
 
विपक्षी दलका नेताको हैसियतले संवैधानिक परिषद्को सदस्य रहनुभएका शेरबहादुर देउवा उपस्थित नहुने भएपछि बैठक स्थगित गरिएको बताइएको छ । देउवा नेपाली कांग्रेसले गर्ने भनिएको आन्दोलनलाई लक्षित गरी परिषद्को बैठकमा अनुपस्थित हुनुभएको हो ।
 
परिषद्को बैठक बस्न नसकेपछि लामो समयदेखि संवैधानिक निकायमध्ये केही पदाधिकारीविहीन अवस्थामा छन् भने केही अपूरो अवस्थामा छन् । परिषद्को बैठक बस्न नसकेपछि राष्ट्रिय मानव अधिकार आयोग विगत डेढ महिनादेखि रिक्त रहेको छ ।
 
आयोगका एक कर्मचारीका अनुसार आयोगमा नियमित प्रशासनिक कार्यबाहेक अन्य कार्य हुन सकेको छैन । आयोगले पदाधिकारीविना सरकारलाई कुनै पनि सिफारिस वा निर्देशन दिन सक्दैन । आयोगमा अध्यक्षसहित पाँच पद रिक्त रहेको छ । डेढ वर्षअघि आयोगका पाँचै जना पदाधिकारीले ६ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएका थिए ।
 
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित तीन पद रिक्त रहेको छ । हाल आयोगमा दुई जना पदाधिकारी मात्र रहेका छन् । नेपालको संविधानमा आयोगमा आवश्यकतानुसार सदस्य हुने भनी ब्यवस्था गरिएको भए पनि परम्पराअनुसार अध्यक्षसहित पाँच जना सदस्यको चयन गरिँदै आएको छ ।
 
परिषद्को बैठक नबसेर असर परेको अर्को निकाय हो-निर्वाचन आयोग । निर्वाचन आयोगमा २ आयुक्तको पद रिक्त रहेको छ । राष्ट्रि«य प्राकृतिक स्रोत तथा वित्त आयोगमा चार पदाधिकारीको पद रिक्त रहेको छ ।
 
यो आयोगका कार्य संविधान र कानुनबमोजिम संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्वको बाँडफाँड गर्ने विस्तृत आधार र ढाँचा निर्धारण गर्ने रहेको छ । राज्यमा संघीय सरकार स्थापना भएको लामो समयसम्म पनि यस्तो महŒवपूर्ण आयोग गठन गर्न ढिलाइ भएकोमा सम्बद्ध क्षेत्रबाट आलोचना भइरहेको छ ।आजको नेपाल समाचारपत्रमा खबर छ ।