Trending :
 

नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग निर्माण कार्यले गति लिन थाल्यो

पौष ०४,२०७७

-

पुष  ४,२०७७ काठमाडौं ।
नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग निर्माण कार्यले गति लिन थालेको छ । यही पुस १० देखि सुरुङ मार्ग खन्ने गरी तयारी भइरहेको सुरुङ मार्ग आयोजनाले जनाएको छ ।
 
आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार सुरुङ मार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । पुस १० बाट सुरुङ खन्ने काम सुरु गरिने छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने लक्ष्य रहे पनि कोभिड-१९, जग्गाको मुआब्जा विवादलगायतका कारण पूर्वनिर्धारित समयमै सुरु हुन नसकेको आयोजनाले जनाएको छ । सुरुङ मार्गको मुखमा राखिने स्टिलको फ्रेम राख्ने काम भइरहेकाले अब छिट्टै सुरुङ खन्न सुरु गरिने आयोजनाले जनाएको छ ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको कात्तिक ४ गते उक्त सुरुङ मार्ग शिलान्यास गर्नुभएको थियो । आयोजना प्रमुख शाक्यका अनुसार अहिले कार्यस्थलमा २० जना जापानी प्राविधिकसहित दुई सयभन्दा बढी जनशक्ति काममा खटिइरहेका छन् । आजको गोरखापत्रमा खबर छ ।