Trending :
 

आज सर्वदलीय बैठक बस्दैः संसद् विघटनको विरोधका लागि ठोस निर्णय गर्ने तयारी

पौष ०६,२०७७

-

पुस ६, २०७७ काठमाडौं ।
सरकारले संसद् विघटन गरेपछि नेकपासहितका तीन दलले संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेका छन् । सत्तारुढ नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसद् विघटन प्रति संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
 
संसद् विघटन गर्ने सिफारिस र राष्ट्रपतिले सदर गर्ने दुवै निर्णय गैरसंवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक हो । त्यसको विरोध गर्ने र विरोधमा एकताबद्ध भएर जाने । सबै उपायहरुद्वारा त्यसको विरोध गर्ने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने ।
 
बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आजको अनौपचारिक बैठकमा सरकारको कदमविरुद्ध संयुक्त रुपमा तीन दल विरोधमा उत्रन सहमत भएको बताए । उनले सोमबार सर्वदलीय बैठक आह्वान गरी विरोधका विषयमा ठोस निर्णय लिइने पनि बताए ।
 
प्रवक्ता श्रेष्ठका अनुसार आइतबार साझ नेकपा नेताहरुको पहलमा तीन दलको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा बसेको थियो ।  आजको कान्तिपुर दैनिकमा खबर छ ।