Trending :
 

चालू आर्थिक वर्षको चार महिनामा ३३७ अर्ब ७२ करोड रुपियाँ रेमिट्यान्स भित्रियो

पौष ०७,२०७७

-

पुस ७,२०७७ काठमाडौं ।
चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा ३३७ अर्ब ७२ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । मुलुकमा कोरोना कहरयता उच्च सुधारमा रहेको रेमिट्यान्स आप्रवाह चार महिनामा ११.२ प्रतिशतले वृद्धि भएको हो ।
 
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण विश्व अर्थतन्त्र तथा नेपालको अर्थतन्त्र पनि खलबलिएका बेला नेपालमा भित्रिने रेमिट्यान्स भने निरन्तर बढ्दो छ ।
 
नेपाल राष्ट्र बैङ्कले सोमबार प्रकाशित गरेको आर्थिक वर्ष २०७७/७८ को चार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २.८ प्रतिशतले घटेको थियो ।
 
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो । आजको गोरखापत्रमा खबर छ ।