उद्यम गर्न चाहने युवालाई उद्योग वाणिज्य महासंघले पुँजी जुटाइदिन सघाउने
-
पुष १०,२०७७ काठमाडौं ।
नवीन सोचमा आधारित रहेर उद्यम गर्न चाहनेलाई पुँजी जुटाइदिन नेपाल उद्योग वाणिज्य महासंघले सघाउने भएको छ । त्यस्ता ५० वटा स्टार्टअप (नवप्रवर्तन) हरूको व्यावसायिक सफलताका लागि सुरुवाती पुँजी ९लगानी० जुटाउन संयोजन गर्ने भएको हो ।
परम्परागत तरिकाभन्दा पृथक् उपाय लगाएर व्यवसाय सञ्चालन गर्न सुरुवाती पुँजी आवश्यक भएकाहरूका लागि प्रस्ताव आह्वान गर्ने, मापदण्डअनुसार छनोट गर्ने र छनोट भएका प्रस्तावलाई कुनै एक उद्योगीरव्यवसायीलाई लगानी गर्न लगाउने योजना महासंघको छ । संसारभर यतिबेला युवाहरू व्यवसायलाई नयाँ तरिकाबाट सञ्चालनका उपाय लगाइरहेका छन् ।
नेपालमा पनि त्यस्ता व्यवसाय सुरु भइरहेका छन् । केही युवा योजना बनाएर पनि पुँजी अभावमा काममा हात हाल्न नसकिरहेको अवस्था छ । त्यस्ता युवालाई सघाउने रणनीति महासंघले तयार पारेको हो ।
‘हामी दुई साताभित्र नै स्टार्टअपका लागि विशेष योजना सार्वजनिक गर्दै छौं,’ बुधबार राजधानीमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘यसमा हामीले ५० जना युवालाई आवश्यक तालिमसहित पुँजी जुटाएर उद्यमीका रूपमा स्थापित गर्ने योजना बनाएका छौं । यसको महत्त्वपूर्ण पक्ष भनेको यस्ता उद्यमी स्थापित नभएसम्म महासंघले उनीहरूको हात छोड्ने छैन ।’
यसका लागि महासंघले स्टार्टअप इन्नोभेसन समिति गठन गरेको छ । उक्त समिति सभापति रञ्जित आचार्यका अनुसार लगानी आवश्यक भएका स्टार्टअपसँग महासंघले चाँडै नै प्रस्ताव माग गर्नेछ ।
प्रस्ताव हाल्ने स्टार्टअपका संस्थापकलाई व्यवसाय सञ्चालनसम्बन्धी तालिम दिइनेछ र उनीहरूलाई लगानीकर्तामाझ आफ्नो उद्यम आइडिया बताउने मौका दिई प्रक्रिया अघि बढाइने उनले बताए । स्टार्टअपहरूका लागि लगानी गराउन महासंघले आफ्ना सदस्य तथा अन्य उद्यमीरव्यवसायीको सूचीसमेत तयार पारेको छ । लगानी गर्न ६० जना तयार छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।