मेलम्ची सुरुङमा पानी पथान्तरणका लागि प्राविधिक अनुगमन सम्पन्न
-
पुस १३, २०७७ काठमाडौं ।
मेलम्ची सुरुङमा पानी पथान्तरणका लागि गरिएको प्राविधिक अनुगमन सकिएको छ । मेलम्चीमा सुरुङ प्रवेशद्वारको जडान र फिनिसिङ गरिएपछि अनुगमन गरिएको थियो । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क
(एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूको अनुगमन गराएको हो । अनुगमनको सुझावअनुसार पानी पथान्तरणको काम अघि बढाइने भएको छ ।
एडीबीले चार जना विदेशी परामर्शदाता ल्याएर एक हप्तासम्म अनुगमन गराएको थियो । खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भन्नुभयो, “अनुगमनपछि प्रतिवेदन दिनेछन् । सोही प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न सक्ने वा नसक्ने हेरेर हामी अघि बढ्छौँ, पानी पथान्तरणको तयारीमा छौँ । ” उहाँका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ ।
पुसको अन्तिम सातादेखि मेलम्ची खोलाको पानी सुरुङमा पथान्तरण गर्ने तयारी भएको छ तर एडीबीको अध्ययनको पूर्ण प्रतिवेदन पुस महिनाभित्र आउने मेलम्ची आयोजनाले जनाएको छ ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रिेतेशकुमार खत्री भन्नुहुन्छ, “एडीबीले गरेको अनुगमनको प्रारम्भिक प्रतिवेदन आएको छ । त्यसमा त्यस्तो सिरियस छैन तर पूर्ण प्रतिवेदन आउँदै छ । ” उहाँले अहिले सुधारका काम भइरहेको र जनवरीको पहिलो साता पूर्ण प्रतिवेदन आएपछि अघि बढ्ने जनाउनुभयो ।
गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार ९गेट० खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान गरी पानी पथान्तरण गर्न लागिएको हो । पानी पथान्तरण गरिएको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउनेछ । आजको गोरखापत्रमा खबर छ ।