Trending :
 

सक्रिय सङ्क्रमितको संख्या घटेसँगै आईसीयू र भेन्टिलेटर खाली हुन थाले

पौष १५,२०७७

-

पुस १५,२०७७ काठमाडौं ।
देशभर कोरोनाका सक्रिय सङ्क्रमितको संख्या घटेसँगै आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिने विरामीको संख्या पनि घटेको छ । आइतबारसम्मको तथ्याङ्क अनुसार देशभर २८८ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसअन्तर्गत २३५ जना आईसीयू र ५३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात प्रदेशमा ९५९ आईसीयर ४२३ वटा आईसीयू सहितको भेन्टिलेटर छन् । नेपालमा एक हजार ४८२ वटा आईसीयू र भेन्टिलेटरमध्ये २८८ जनामात्रै त्यसमा उपचार भैरहेको छ । नेपालमा एक हजार १९४ वटा आईसीयर भेन्टिलेटर बेड कोरोना संक्रमितले प्रयोग गर्न पाउने गरि तयारी अवस्थामा छन् ।
 
५२ वटा सरकारी अस्पताल र २७ निजी अस्पतालबाट कोरोना संक्रमितको निशुल्क उपचारहुँदै आएकोमा अब ५२ वटा सरकारी अस्पतालबाट मात्रै यो सेवा पाइने भएको छ ।
 
अहिले नेपालका अधिकाशं स्थानमा कोभिडको उपचार गराउन जनरल, आईसीयर भेन्डिलेटरको खाँचो नभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी स्वास्थ्य संस्थाबाट हुँदै आएको निशुल्क उपचारको सेवा पनि हटाएको छ । निजी संस्थाहरुमध्ये आठ बटा मेडिकल कलेजहरुलाई भने सरकारले सेवा दिने संस्थाकै रुपमा राखेको छ ।
 
कोभिडका बिरामीको चाप घटेसँगै अनिवार्य रुपमा निजी अस्पतालले अनिवार्य रुपमा कोभिडका बिरामीलाई राखेको सामान्य बेड, आईसीयतथा भेन्टिलेटरमा समेत बिरामीको संख्या कमी हुँदै आएको छ ।
 
नेपाल सरकारले यसअघि निजी अस्पतालमा समेत अनिवार्य बेड २० प्रतिशत आईसीयर सरकारी अस्पतालमा ५० प्रतिशत छुट्टाउने प्रावधान राखेको थियो भने २७ निजी र ५२ सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गरेको थियो ।
 
‘ कोभिडका बिरामीको चाप’ घटेको भन्दै कोभिड अस्पतालको सूचिबाट निजी अस्पताललाई हटाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा।समिरकुमार अधिकारीले बताउनुभयो ।
 
सरकारले निजी अस्पताललाई कोभिड अस्पतालबाट हटाउने निर्णय गरेसँगै कोभिडको परीक्षण, उपचार सरकारी अस्पतालबाट हुने उहाँले जानकारी दिनुभयो । कोभिडको उपचार भैरहेको मेडिकल कलेजमा भने अझै कोभिडको उपचार हुनेछ । आजको गोरखापत्र दैनिकमा खबर छ ।