आर्थिक पुनरूत्थान कर्जा लक्षित वर्गमा पु¥याउन अर्थ मन्त्रालयको पहल
-
पुस १८, २०७७ काठमाडौं ।
कोरोना प्रभावित उद्योग-व्यवसायका पुनरुत्थानका लागि ल्याइएको सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जा पहुँच लक्षित वर्गमा पु¥याउन अर्थ मन्त्रालयले पहल गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा शुक्रबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले कोभिड–१९ का कारण क्षति भएको अर्थतन्त्रको पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको पहुँच लक्षित वर्गमा पु¥याउने निर्णय गरेको हो ।
बैठकले लक्षित वर्गमा कर्जा पु¥याउनका लागि नेपाल राष्ट्र बैङ्क र नेपाल बैङ्कर्स एसोसिएसनले आवश्यक वातावरण मिलाउने र प्रवाह गरिएको कर्जाको विवरण नियमित रूपमा सार्वजनिक गर्ने बताएको छ ।
बैठकले नेपाल राष्ट्र बैङ्कलाई सहुलियतपूर्ण कर्जाको प्रभावकारिताको अध्ययन गरी अर्को बैठकमा पेस गर्ने निर्णय गरेको छ।
बैठकमा १५औँ योजनाले तय गरेको लक्ष्यअनुरूप प्रगति हासिल भए-नभएको बेहोरासहित प्रस्तुति गर्ने निर्णय पनि भएको छ । बैठकले समग्र अर्थतन्त्रको पुनरुत्थानका लागि ल्याइएका नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि सरोकारवाला निकाय र सङ्गठनमार्फत आएका गुनासाको सुनुवाइ गर्न राष्ट्र बैङ्क, बैङ्कर्स एसोसिएसन र सम्बद्ध व्यावसायिक सङ्घ-सङ्गठनबीच छलफल गरी समाधान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । आजको गोरखापत्रमा खबर छ ।