आजबाट मौसममा सुधार आउदै जाने, आकास खुलेपछि प्रदूषण पनि हट्ने
-
पुस २२,२०७७ काठमाडौं ।
राजधानीको आकाश हिजो विहानबाट धुम्बिएसँगै उपत्यका लगायतका देशका अन्य केही शहरमा वायु प्रदूषणको मात्र एकाएक माथि पुग्यो । वायु प्रदूषणको मात्र बढेसँगै वातावरण विभागले ज्येष्ठ नागरिक र मुटु आदिका रोगीहरुलाई घरबाट बाहिर ननिश्कन विज्ञप्ति मार्फत आगह्र गरेको छ ।
एकाएक यसरी प्रदूषणको मात्रा बढ्नुमा बादलले माथिबाट ढपक्क ढाक्दा प्रदूषणको अन्यत्र आउजाउ गर्न नपाउनु मुख्य कारण रहेको विज्ञहरुले बताएका छन् । आकाश खुल्न साथ वा पानी परेपछि प्रदूषणको मात्रा कम हुने उनीहरुको धारणा छ ।
काठमाडौं उपत्यकाका तीन ओटा जिल्लामा मंगलबार बिहानै देखि बायु प्रदुषणको स्तर गम्भिर अवस्थामा पुगेको छ । मंगलबार बिहान काठमाडौंको रत्नपार्कको वायु प्रदुषणको मापन ४८८ कायम गरिएको छ ।
वायु गुणस्तरको सूचकाङ्ग ९एक्यूआई० अनुसार ३०० देखि ४०० सम्मको एक्यूआइ सूचकाङ्गलाई असाँध्यै खराब तथा ४०१ देखि असाध्यै गम्भिर मानिदै आएको छ ।
वायुको गुणस्तरको सूचकाङ्क ९एक्यूआई० अनुसार सोमबार राति विश्वका विभिन्न सहरमध्ये काठमाडौमाा वायु प्रदूषण निकै धेरै देखिएको थियो । सोमबार साँझ ७ बजेतिर काठमाडौको रत्नपार्कमा एक्यूआई ४८८ र ललितपुरको भैँसेपाटीमा ४०० भन्दा बढी मापन गरिएको थियो ।
वन तथा वातावरण मन्त्रालयकाअनुसार मङ्गलबार काठमाडौको रत्नपार्क र ललितपुरको भैँसेपाटीमा मंगलबार दिउँसो वायुको एक्यूआइ २१८ मापन भएको छ ।
भक्तपुरमा भने एक्यूआइ ३६२ छ । पौष महिनाको सुरुवातदेखिनै काठमाडौं उपत्यकामा धुम्मिने गरेको थियो । मौसममा देखिएको परिवर्तनसँगै वायु प्रदूषण पनि ह्वात्तै बढेको हो ।
काठमाडौं उपत्यकामा भने बुधवारदेखि मौसममा सुधार आउने र देशभरि बिहीवारदेखि मात्रै मौसम सफा हुने जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलले पश्चिमी वायूूको प्रभावसँगै काठमाडौंको आकाशमा बादल लागेकोले उपत्यकाको प्रदुषित वायू बाहिर निस्किन नपाउँदा झन् झन् थपिँदै गएर कुहिरो बनेको बताउनुभयो । आजको गोरखापत्र दैनिकमा खबर छ ।