कोरोना महामारीसँगै भारतमा बर्डफ्लु, हजारौं कुखुरा र पशुपन्छी नष्ट

पौष २२,२०७७

-

पुस २२,२०७७ काठमाडौं ।
कोरोना महामारीसँगै भारतमा एच ५ एन ८ बर्डफ्लु देखा परेको छ । भारतका विभिन्न राज्यहरु बर्डफ्लु फैलिएपछि हजारौं कुखुरा र पशुपन्छीहरु नष्ट गरिएका छन् । ती राज्यहरुमा धमाधम कुखुरा र पशुपन्छी मर्न थालेपछि बर्डफ्लु भएको पुष्टि भएको हो ।
 
मध्य प्रदेश, गुजरात र महाराष्ट्रमा पनि बर्डफ्लु फैलिएको छ । मध्यप्रदेशमा कागबाट बर्डफ्लु फैलिएको अधिकारीहरुले बताएका छन् । हिमाञ्चल प्रदेशका बर्डफ्लु विशेषज्ञ डा.विक्रम सिंहले सो प्रदेशमा २४ सय पशुपन्छी बर्डफ्लुका कारण मरेको दावी गर्दै हाललाई कुखुरा, हाँस र पशुपन्छीको मासु प्रयोगमा प्रतिवन्ध लगाउन आग्रह गर्नुभएको छ ।
 
यसैबीच बर्डफ्लु देखिएको विभिन्न राज्यहरुमा कुखुरा, हाँस र माछा पसल खोल्नमा प्रतिबन्ध लगाईएको छ । गुजरात, महाराष्ट र केरलामा हाललाई माछा मासु बिक्रिमा रोक लगाइएको हो । एजेन्सी