अमेरिकी संसदबाट वैदेशिक सहायतासम्बन्धी प्याकेज पारित

बैशाख ०९,२०८१

-आस्था न्यूज

बैशाख ९, २०८१ काठमाडौं ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बहुप्रतिक्षित वैदेशिक सहायतासम्बन्धी प्रस्ताव अनुमोदन गरेको  छ। 
 
यसअन्तर्गत रुससँग युद्ध लडिरहेको युक्रेनलाई ६१ अर्ब डलर सहायता उपलब्ध गराइनेछ । केही समयदेखि अमेरिकी सहयोग रोकिँदा युक्रेन समस्यामा पर्दै आएको थियो । 
 
यसैगरी यो प्याकेजअन्तर्गत इजरायललाई २६ अर्ब र गाजामा मानवीय सहायताका लागि ९ अर्ब डलर उपलब्ध गराइनेछ भने एशिया प्रशान्त क्षेत्रमा ८ अर्ब डलर दिइनेछ । एशिया प्रशान्त क्षेत्रमा दिइने सहायता चीनसँग टक्कर लिइरहेको ताइवानमा केन्द्रित रहनेछ । 
 
सहायता प्योकज पारित भएपछि प्रतिक्रिया दिँदै क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले  प्याकेजले अमेरिकालाई अझै धनी बनाउने र युक्रेनमा थप मानिस मारिने बताएका छन् । 
 
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले भने अमेरिकालाई धन्यवाद दिँदै लोकतन्त्र र स्वतन्त्रताको सदा वैश्विक महत्व रहने र अमेरिकाले सधैं यसको रक्षा गर्ने बताएका छन् । यो सहायताले युद्ध फैलनबाट रोक्ने र हजारौं मानिसको ज्यान जोगाउने उनको भनाइ छ।