Trending :
 

रुकुमपूर्वका गाउँपालिकालाई हिमपातबाट सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी रहन निर्देशन

पौष २४,२०७७

-

पुस २४,२०७७ काठमाडौं ।
रुकुमपूर्वका तीनवटै गाउँपालिकालाई हिमपातबाट सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । हिमपातको समय आएकाले यसबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समितिले गाउँपालिकाका साथै मानवीय क्षेत्रमा कार्यरत गैरसरकारी क्षेत्रलाई निर्देशन दिएको हो ।
 
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहलाई हिमपातबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका साथै राहत, उद्धार र पुनःस्थापनाका लागि तयारी अवस्थामा रहन निर्देशन गरेको हो । यतिमात्र नभई चिसोबाट प्रभावित हुनसक्ने क्षेत्रका नागरिकको पहिचान गरी राहत संकलन र वितरण गर्न निर्देशन गरेको प्रजिअ राईले बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।