Trending :
 

एक महिनायता नेपालमा कोरोना संक्रमण दर घट्दै

माघ १७,२०७७

-

माघ १७, २०७७ काठमाडौं ।
 
एक महिनायता नेपालमा दैनिक भेटिने नयाँ कोरोना संक्रमितको संख्या ४ सयभन्दा कम छ ।  
 
 
पछिल्लो एक सातादेखि ३ सय ५० भन्दा कमको संख्यामा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार दुई महिनायता नेपालमा संक्रमण दर घट्दै गएको छ । कुल संक्रमितमध्ये ९७।९ प्रतिशत निको भइसकेका छन् ।  
 
हाल नेपालभरि ३ हजार ७ सय ९९ जना सक्रिय संक्रमित छन् । तीमध्ये ८ सय ९२ जना संस्थागत आइसोलेसनमा छन् भने १ सय ५० जनाको आइसियुमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म ६ लाख ९ हजार ६ सय २६ जनाको पिसिआर परीक्षण भएको छ । आजका पत्रपत्रिकामा खबर छन् ।