Trending :
 

उपत्यकामा बर्डफ्लु भेटिएपछि मासु बिक्री घट्यो

माघ २०,२०७७

-

माघ २०,२०७७ काठमाडौं ।
उपत्यकामा बर्डफ्लुको संक्रमण भेटिएपछि उपभोक्तामा त्रास फैलिँदा कुखुराको मासु खपत घटेको हो । राजधानीमा किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको शनिबार सार्वजनिक भएसँगै मासु बिक्री घटेको हो । 
 
बर्डफ्लु भेटिएको हल्लापछि मासु बिक्री कम भएको काठमाडौँको बनस्थलीमा मासु पसल गर्दै आएका राजन श्रेष्ठले बताए ।
 
 
नियमितभन्दा आइतबार करिब २० प्रतिशत कम मासु बिक्री भएको छु, श्रेष्ठले भने,बर्डफ्लु भेटिएको हल्लाले उपभोक्ता डराए । आजको नागरिक दैनिकमा खबर छ