Trending :
 

वैज्ञानिक भाडादर कायम गर्नुपर्ने माग राख्दै ट्याक्सी व्यवसायी आन्दोलनमा

माघ २५,२०७७

-

माघ २५,२०७७ काठमाडौं ।
काठमाडौँ उपत्यकामा ट्याक्सी चालक तथा व्यवसायी फेरि आन्दोलित भएका छन् । 
 
टुटल पठाओजस्ता सेवा बन्द गर्नुपर्नेदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने लगायत माग उनीहरुले राखेका छन् । 
 
नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा शनिबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्यालीसहित माइतीघर मण्डलामा भेला भएर उनीहरुले माग पूरा गर्न सरकारलाई सचेत गराएका हुन् । 
 
ट्याक्सी चालक तथा व्यवसायीले निजी सवारीले भाडाका यात्रु बोक्नेगरी सञ्चालनमा रहेका टुटल पठाओजस्ता सेवा बन्द गर्न पनि माग गरेका छन् । आजको राजधानी दैनिकमा खबर छ।