Trending :
 

पेट्रोलियम पदार्थमा खरिद मूल्यभन्दा दोब्बरले बढी हुने गरि कमिसन

माघ २७,२०७७

-

माघ २७, २०७७ काठमाडौं ।
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनसँग पेट्रोल प्रतिलिटर ५२ रुपियाँमा किन्छ तर उपभोक्तालाई प्रति लिटर ११० रुपियाँमा बेच्छ ।  
 
यसो गर्दा पनि निगमलाई पेट्रोलमा प्रति लिटर ६.८० रुपियाँ घाटा हुने गरेको दाबी निगमको छ । 
 
पेट्रोल मूल्यको यो अवस्थामा बिक्रेता र उपभोक्ता कोही पनि फाइदामा छैनन् ।  अझ खरिद र बिक्री मूल्यको तुलना गर्ने हो भने उपभोक्ताले दोब्बरभन्दा बढी तिर्नुपरेको देखिन्छ ।
 
एक महिनाअघि मात्र वार्षिकोत्सवका अवसरमा कर्मचारीलाई बोनस घोषणा गर्नेको निगमलाई यो समस्याले विवादमा पारेको छ । आखिर खरिद मूल्य यति कम हुँदा पनि किन उपभोक्ता दोब्बरभन्दा बढी मूल्य तिर्न बाध्य छन् त रु निगमले त्यसका लागि कमिसन र कर दुईवटा कारण देखाएको छध्र यी दुई कारणले नै निगमको घाटा बढिरहेको दाबी छ । 
 
यस्तै अवस्था डिजेलमा पनि छ । डिजेल प्रतिलिटर करिब ५२ रुपियाँ ३९ पैसामा निगमले खरिद गर्छ तर प्रतिलिटर ९३ रुपियाँमा बिक्री गर्छ । अर्थात खरिद मूल्यभन्दा दोब्बरले बढी हुने गरि कमिसन र कर पेट्रोलियम पदार्थमा थोपरिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।