Trending :
 

ललितानिवास जग्गा हिनामिना प्रकरणका मुख्य योजनाकार शोभाकान्तलाई सदरखोर पठाइयो

माघ २९,२०७७

-

माघ २८, २०७७ काठमाडौं ।
 
विशेष अदालतले ललितनिवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्तका रुपमा रहेका शोभाकान्त ढकाललाई थुनामा राखेर सुनुवाइ गर्ने भएको छ । 
 
उनलाइ सदरखोर डिल्लीबजार पठाइएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डयले बताए। ढकालकी श्रीमती उमाकुमारी ढकाललाई भने यस अघि नै धरौटीमा छाडेको थियो ।
 
विशेष अदालतका न्यायाधीशहहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको प्रवक्ता पाण्डेयले जानकारी दिए । ढकाल विरुद्ध ३९ करोड विगो दावी गरिएको छ । आजको गोरखापत्रमा खबर छ ।