काँग्रेसको १४ औं महाधिवेशन भदौ दोस्रो साताका लागि तय
-
फागुन ७, २०७७ काठमाडौं ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन २०७८ भदौ दोस्रो साताका लागि तय भएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशन ७-१० भदौमा काठमाडौंमा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।
उनका अनुसार बुधबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तावित महाधिवेशनको कार्यतालिकालाई केही संशोधन गर्दै विहीबारको बैठकले सर्वसम्मतिबाट पारित गरेको हो । हिजो प्रस्तुत कार्यतालिकामा वडा, पालिका, क्षेत्री र जिल्ला अधिवेशन तथा क्रियाशील सदस्यता वितरण र नविकरणको तालिका परिमार्जन गरि पारित गरिएको छ ।
गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ ।
यस्तै गाउँरनगर वडा अधिवेशन असार ५ गते, गाउँरनगरपालिका अधिवेशन असार ७ गते र प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन १ गतेका लागि तय गरिएको छ ।
बैठकले प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते र एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ६ गते हुने छ । प्रदेश अधिवेशन साउन १० र ११ गते लागि तय गरिएको छ। आजका पत्रपत्रिकामा खबर छन् ।