Trending :
 

कोरोनाभाइरसका कारण कोरियामा रोकिएका कामदारलाई थप १३ महिना बस्न दिने

फाल्गुण ०७,२०७७

-

फागुन ७, २०७७ काठमाडौं ।
 
दक्षिण कोरियामा अब थप १३ महिना बस्न पाइने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण करिब एक वर्षदेखि कोरियाले विदेशी कामदार लगेको छैन ।
 
कोरोनाभाइरसका कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्कन नपाएका कामदारलाई अस्थायी मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने कोरियाले नयाँ नीति ल्याएको छ ।
 
दक्षिण कोरियाले कोरियाका विभिन्न भिसामा पुगी काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहेमा १३ महिनासम्म बस्न पाइने व्यवस्था गरिएको हो ।
 
लामो समयदेखि विदेशी कामदार नल्याएका कारण कोरियामा कामदारको अभाव हुन थालेको छ । कामदारको अभावलाई पूर्ति गर्न कोरियाले यस्तो रणनीति ल्याएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।