नेकपाको अन्तिम टुंगो नलाग्दासम्म कांग्रेसले कुनै पक्षसँग सहकार्य नगर्ने

फाल्गुण १४,२०७७

-

फागुन १४, २०७७ काठमाडौं ।
 
प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने भएको छ ।
 
बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा संसद पुनस्र्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समिक्षा भएको थियो ।
 
प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले संविधान र संसदीय प्रणालीलाई बचाएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
 
बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए । जनताले पनि प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको भन्दै नेताहरुले सरकारमा जान हतार गर्न नहुने बताएका छन् ।
 
नेकपाको विवाद अन्तिम टुंगो नलागेसम्म कांग्रेस कसैको पक्ष वा विपक्षमा उभिन नसक्ने आफूहरुको निष्कर्ष भएको नेता पौडेलले बताए । आजका पत्रपत्रिकामा खबर छन् ।