अब नयाँ सबै सवारी सवारी साधन दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने

फाल्गुण १७,२०७७

-आस्था न्यूज

फागुन १७,२०७७ काठमाडौं ।
नयाँ सवारी साधन खरिद गर्दै  हुनुहुन्छ  भने सवारी  दर्तादेखि  नै  इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने हुन्छ । 
 
नम्बर प्लेटमा एकरूपता ल्याउन तथा सवारी साधनको वैज्ञानिक व्यवस्थापनका लागि नयाँ खरिद गरिने दुईपाङ्ग्रे, चारपाङ्ग्रेलगायत सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
 
विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ  खरिद  गरिने  सवारी  साधनले  दर्तादेखि  नै  अनिवार्य  रूपले  इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने प्रावधान लागू गर्न लागिएको जानकारी दिए  । उनका  अनुसार  विभागले  यसै  महिनादेखि  नै  यो प्रावधान लागू गर्न लागेको हो । आजको गोरखापत्र दैनिकमा खबर छ।