कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

फाल्गुण १७,२०७७

-आस्था न्यूज

फागुन १७,२०७७ काठमाडौं ।
कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । थपिएका तीन जनासहित नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई हजार सात सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
यस्तै तीन हजार ४९ जनामा पीसीआर परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ पाइएको छ । अहिलेसम्म नेपालमा दुई लाख ७४ हजार दुई सय १६ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये दुई लाख ७० हजार चार सय ७१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ६४ जना सङ्क्रमणमुक्त भएका छन् ।
 
अहिले नेपालमा नौ सय ६८ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।