रसुवागढी जलविद्युत् आयोजनाको ८० प्रतिशत काम सम्पन्न

फाल्गुण २२,२०७७

-

फागुन २२,२०७७ काठमाडौं । 
रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपािलका टिमुरेमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान गर्ने कार्य जनशक्तिको अभावले ठप्प भएको छ ।
 
जडानको जिम्मा लिएको इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इन्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक गत ०७६ चैत ८ गतेदेखि देश छोडी हिँडेका कारण विद्युत् उत्पादनका उपकरण जडानको कार्य ठप्प भएको हो । 
 
उपकरण जडान छिटो सम्पन्न गराउन उक्त कम्पनीलाई ताकेता गरिए पनि यथेष्ट जनशक्ति अझै उपलब्ध नगराएको रसुवागढी जलविद्युत् आयोजनाले बताएको छ । भूमिगत संरचनाको विद्यत्गृहमा निर्माण गर्नुपर्ने सिभिल संरचनातर्फको काम प्रायः पूरा भइसकेको अवस्थामा भोइथ इन्डियाले ढिलासस्ती गरेका ढिलाइ भएको हो ।
 
भोटेकोशीको पानीलाई सदुपयोग गर्दै १११ मेगावाट क्षमताको विद्यत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१४ देखि निर्माण कार्य सरु भएको रसुवागढी जलविद्युत आयोजनामा निर्माण गर्नुपर्ने चार हजार १८५ मिटर सुरुङ ०७६ साल भदौ ४ गतेदेखि तयार भइसकेको अवस्थामा पछिल्लो समय उपकरण जडानको ढिलासुस्तीले निर्धारित समयमा विद्युत उत्पादन नहुने भएको छ ।
 
 
प्रतिसेकेन्ड ८० घनमिटर पानीको बहाव थेग्ने क्षमताका तीनवटा फान्सिस टर्वाइनसहितका ९५ प्रतिशत उपकरण आयोजना स्थलमा पुगे पनि जडानको जिम्मा लिएको भोइथ इन्डियाले कोभिड– १९ को कारण दर्शाउँदै आलटाल गर्दै आइरहेको छ ।
 
सुरुङलगायतका अन्य संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी सिडब्लईले छिटोछरितो आफ्ना काम अगाडि बढाइरहेको र कामदारलगायत सबैको हितका लागि विद्युत् आयोजनाको तर्फबाट कोभिड-१९ को कारण सुरक्षित पार्ने क्वारेन्टिनका साथै उपचारको व्यवस्थासमेत मिलाएर पनि उपकरण जडानकर्ता भोइथ इन्डियाको गैर जिम्मेवारीपनले आयोजनाको लागत बढ्ने भएको छ ।
 
आगामी २०७९ साल जेठ मसान्तसम्म विद्युत् उत्पादन गरिसक्नुपर्ने पछिल्लो कार्यतालिका तयार भइसकेको बताउँदै आयोजनाका प्रमुख छवि गैरेले जनशक्ति पठाउन भोइथ कम्पनीलाई ताकेता गरिरहेको बताउनुभयो । विद्यत्गृहका उपकरण जडान गराउन एक वर्षको समय लाग्ने अनुमान गरिएको छ । आजको गोरखापत्रमा खबर छ ।