आधिकारिकता दाबी गर्दै प्रचण्ड-नेपाल समूह दोस्रो पटक आयोगमा
-
फागुन २२, २०७७ काठमाडौं ।
चौतर्फी आलोचना र दबाबमा परेको निर्वाचन आयोगले नेकपाको विवादलाई कानुनी प्रक्रियाबाट टुंग्याउने तयारी गरेको छ । नेकपाको ९दाहाल–नेपाल० पक्षले दलको आधिकारिकता मागदाबी गर्दै शुक्रबार दोस्रो पटक निर्वाचन आयोगमा मुद्दाकै रूपमा अर्को निवेदन पेस गरेपछि आयोग थप दबाबमा परेको छ ।
आयोग उच्च स्रोतले नेकपा विवादलाई अब पनि यथास्थितिमा राखेर जान नसकिने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा विभाजित भएको थियो तर आयोग अनिर्णयको बन्दी भइरहँदा विभाजनले वैधानिकता पाउन सकेको छैन ।
दाहाल-नेपाल पक्षको यसअघिको मागदाबी हदम्याद गुजारेर आएको, निर्वाचन अवधिमा दलको विवाद हेर्न नमिल्ने व्यवस्था सरकारको अवरोधका कारण संशोधन हुन नसकेको तथा पहिले निर्णय दिइसकेको विषय नै मागदाबीको निवेदनमा पनि परेकाले अघिल्लो निवेदनउपर सुनुवाइ गर्न नसकिएको आयोगका एक पदाधिकारीले बताएका छन् ।
तर, आयोग स्रोतले सरकार पक्षको दबाबका कारण आयोगले दाहाल–नेपाल पक्षको यसअघिको निवेदनलाई तामेलीमा राख्दै आएको जनाएको छ । आजको कान्तिपुरमा खबर छ ।