Trending :
 

कतारमा हुने विश्व कप फुटबलमा नेपाली सुरक्षा गार्ड पठाउने तयारी

फाल्गुण २५,२०७७

-

फागुन २५,२०७७ काठमाडौं ।
 
सन् २०२२ मा कतारमा हुन गएको विश्व कप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाउने विषयमा पहल भइरहेको बताइएको  छ ।
 
श्रम, रोजगार  तथा  सामाजिक  सुरक्षामन्त्री गौरीशङ्कर  चौधरीले  आइतबार  एक  कार्यक्रममा  सुरक्षा गार्डमा  जीटुजी  सम्झौता  गरेर  नेपाली  श्रमिक  कतार पठाउने  विषयमा  नेपालका  लागि  कतारका  राजदूतसँग एक÷दुुई चरण छलफल भएको जानकारी दिए ।
 
उनले  भने, यस  यसअघि  कतारसँग  गरेको सम्झौता  संशोधन  गर्नुुपर्छ । अब  गरिने  नयाँ  सम्झौता जीटुुजीबाटै  श्रमिक  पठाउनुुपर्छ  भन्नेमा  हाम्रो  जोड  रहेको छ  र  यस  विषयमा  कतारका  राजदूत  पनि  सकारात्मक छन् । 
 
कतार श्रमिक पठाउने पुरानो श्रम समझदारीलाई नै संशोधन गरेर सरकारी तवरबाटै श्रमिक पठाउने गरी अब छिट्टै  विज्ञसहितको  टोलीसँग  छलफल  गर्ने  तयारी  भएको पनि मन्त्री चौधरीले जानकारी दिए ।
 
कतारको सुरक्षा गार्डमा पठाउने भन्दै केही समयअगाडि  वैदेशिक रोजगार  व्यवसायी  (म्यानपावर) कम्पनीले   अवैध   अन्तर्वार्ता   लिएका   थिए  र   ती म्यानपावरलाई  वैदेशिक  रोजगार  विभागले  कानुनअनुसार कारबाही पनि गरिसकेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।